सिन्धुलीमा नेपाल टेलिकमको टावरमा शक्तिशाली बम विस्फोट
मेरोन्यूज
२०८० चैत २ गते १०:३६

काठमाडौं । सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट भएको छ । सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको हो ।
विस्फोटबाट दुम्जामा रहेको वीपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको बताइएको छ ।
शुक्रबार बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको सिन्धुली प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।
घटना स्थलमा पिपुल विब्रेसन आर्मी र जनमुक्ति सेना लेखेको पर्चासहित दुईवटा पेट्रोलको बोतल फेला पारिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया