सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
मेरोन्यूज
२०८० चैत २ गते ११:४६

काठमाडौं। सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ ।
स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् ।
सम्बन्धित
















आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
Bus hit kills toddler
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया