जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । देशकाे विभिन्न स्थानबाटजुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । काठमाडौंटोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
झापाकाे शिवसताक्षी नगरपालिका-१० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्र कुमार पदालुङ समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
सुनसरीकाे धरान उपमहानगरपालिका-४ देविथानस्थित न्यू देविथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३३ वर्षीय गंगा बहादुर कटुवाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय कालुराम चौधरी समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

















जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
प्रतिक्रिया