स्टाफनर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट
मेरोन्यूज
२०८० चैत २ गते १८:४०

मोरङ। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ।
धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दास डेरामा बसेको घरको कोठा भित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।
सम्बन्धित













शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया