अन्तर नगर महिला कबड्डी: बुटवल र मेलौली फाइनलमा

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रुपन्देही र मैलौली नगरपालिका बिच हुनेछ।
बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् ।
त्यस्तै तीव्र प्रतिस्पर्धाविच भीमदत्त नपा र मेलौली नपाविचको सेमिफाइनलको खेलमा मेलौलीले भीमदत्तलाई ३७–३१ अंकले पराजित गरेको थियो । उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भइन् ।
प्रतियोगितापछि विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम् समापन कार्यक्रम हुने छ । संघीय सांसद् प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उत्कृष्टहरु पुरस्कृत हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा पोखरा महानगरपालिका र भीमदत नगरपालिका तेश्रो भएको छन् । बुटवबाट पोखरा र मेलौलीबाट भीमदत पराजित भएपछि पोखरा र भीमदत दुई नगरपालिकाहरु तेश्रोमा सिमित भएका हुन् ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेका थिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया