एभरेष्ट फुटबल क्लबलाई स्तब्ध पार्दै रामपुर रड्स बखान कपको फाइनलमा

शारदानगर । एभरेष्ट फुटबल क्लबलाई स्तब्ध पार्दै रामपुर रड्स बखान कपको फाइनलमा प्रवेश गरेको छ।
तत्कालीन कानुन न्याय तथा भूमि-सुधार मन्त्री स्वर्गीय क्याप्टेन बखान सिंह गुरुङको सम्मानमा युवा तथा खेलकुद विकास समिति शारदानगर भूतपूर्व सैनिक कल्याणकारी संस्था भरतपुर १९ चितवनको आयोजनामा जारी सेन्ट्रल कलेज दोस्रो बखान च्याम्पियन कप, फुटबल प्रतियोगिताको अन्तिम सेमी फाइनल खेलमा एभरेष्ट फुटबल क्लबलाई २ -० गोलले पराजित गर्दै रामपुर रड्स फाइनलमा प्रवेश गरेको हो।
पश्चिम चितवनको सहिद भूमि भरतपुर महानगरपालिका-१९ मा रहेको बखान मिनी रङ्गशाला, शारदानगर खेल मैदानमा शनिबार भएको पहिलो हाफको खेलमा रड्सका विदेशी खेलाडी योमीले खेलको २७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै खेलको दोस्रो हाफको ५० औँ मिनेटमा रड्सका देव गुरुङले गोल गर्दै खेल २-० ले आफ्नो पक्षमा पारेको थियो । खेल अबधिभर एभरेष्टले गोल गर्ने अवसर प्राप्त गरेपनी गोलमा परिणत गर्न नसक्दा अन्तत: खेलमा हार व्यर्होन वाध्य भयो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे सँगै रड्सका देव गुरुङ प्लेयर अफ दि म्याच चुनिन सफल भए । भने रड्सका अजित लामा यस्तै एभरेष्टका गौरव श्रेष्ठ र भविन्द्र मल्ल ठकुरीले एल्लो कार्ड पाएका थिए ।
गत फागुन १९ गतेबाट शुरु भएको खेल चैत्र ५ गते एक कार्यक्रम विच समापन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणमा १७ टिम सहभागी भएका थिए । यस प्रतियोगितामा एन्फाका रेफ्रीहरु पूर्ण गुरुङ, होम गुरुङ, सुजन अधिकार र सुजित ठकुरी रहेका छन् ।
अब रामपुर रड्सले फाइनल खेल चैत ५ गते सोमबार पार्वतीपुर युनाइटेड सँग खेल्नेछ । खेलको प्रत्यक्ष प्रसारण रेडियो साहिनोको आधिकारिक फेसबुक पेज बाट पनि हेर्न सक्नुहुनेछ । यस्तै, खेलको सम्पूर्ण फोटोहरू विशाल गुरुङ फोटोग्राफी फेसबुक पेजमा हेर्न सक्नुहुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार स्वरूप नगद रु २ लाख सहित रजत शिल्ड, मेडल र प्रमाण पत्र साथै उपबिजेता हुने टोलीले नगद रु १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्तम गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी हुने नगद सहित पुरस्कार प्राप्त गर्ने छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया