२ भाले गैँडाको आन्तरिक स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो ।
निकुञ्जले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दिव्यपुरी पोष्ट नजिकबाट आज एक भाले गैँडालाई पूर्व ल्याएको हो । अन्दाजी १७ वर्षीय भाले गैँडालाई नियन्त्रणमा लिएर निकुञ्जको पूर्वमा रहेको कुचकुचे क्षेत्रको भित्री भागमा छाडिएको हो ।
दिव्य मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सो गैँडालाई राप्ती नदीपारीको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यो गैंडा निकुञ्जको भित्री क्षेत्रमा नै रहेको थियो । शुक्रबार नवलपुरको कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको थियो ।
अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वमा छाडिएको हो । यो गैँडाले बस्तीमा आएर दुःख दिने गरेको थियो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।
निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । निकुञ्जले अहिले छ गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा रहेका छन् । त्यसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण गर्न थालिएको हो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया