यस्ताे छ तपाईंको आजकाे राशिफल

आजमिति २०८० साल ,चैत्र ४ गते तदअनुसार मार्च १७, २०२४ आईतवार, शुक्लपक्षको अष्टमी तिथि, मृगशिरा नक्षत्र, प्रिति योग । मिथुनराशिमा चन्द्रमा । यो योगमा गरिएको कार्य आयुष्मान रहने विश्वास छ ।
- अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३७ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१२
- सुर्यास्त: बेलुका ०६:१४ बजे
मेष : लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सुरु गरेका काम सम्पन्न हुनेछन् तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ।
- शुभ रंग: रातो
- शुभ अंक – ८
वृष : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ३
मिथुन : स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः सचेत रहनु होला। नजिकका व्यक्तिबाट काममा बाधा आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।
शुभ रंग: सेतो
- शुभ अंक – ९
कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिन सक्छ।
- शुभ अंक – २
- शुभ रंग : पहेलो
सिंह : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। नसोचेको ठाउँबाट धनागम हुनेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
- शुभ रंग: कालो
- शुभ अंक – ४
कन्या : स्वास्थ्यमा सुधार आउनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ९
तुला : किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आँटेको काममा ढिलासुस्ती हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।
- शुभ रंग: कालो
- शुभ अंक – ३
वृश्चिक : सोचेको र आँटेको काममा फाइदा मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।
- शुभ अंक – ३
.शुभ रङ्ग: कालो
धनु : समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ८
मकर : कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ६
कुम्भ : दिन माध्यम खालको रहनेछ। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ५
मीन : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।
- शुभ रंग: गुलावी
- शुभ अंक – ८
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया