सशस्त्र प्रहरीद्वारा अवैध बराबरको कपडा बरामद
मेरोन्यूज
२०८० चैत ४ गते १६:२३

गोदार (धनुषा)। धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिए।
प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित













पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया