नेपाल टेलिकमका अधिकृत सिटौलाविरुद्ध डेढ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ । सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ । सो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।
सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।
आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफथ गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया