मंगलबार, पुष १५, २०८२

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

मेरोन्यूज २०८० चैत ५ गते १०:४६

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

 सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाइ मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया