मंगलबार, वैशाख १५, २०८३

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

मेरोन्यूज २०८० चैत ५ गते १५:३९

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”

प्रसाईं आज मुद्दाको सुनुवाइका लागि गाडीसहित सर्वोच्च पुगेका थिए । पक्राउ परेका खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।

प्रतिक्रिया