परराष्ट्रमन्त्री र एनआरएनएको प्रतिनिधि मण्डलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गैरआवसीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीसँग भेटेको हो ।
भेटमा एनआरएनएको टोलीले संघमा देखिएको विवाद समाधानका उपाय, विचारधिन अवस्थामा रहेको मुद्दा, बार्षिक साधारणसभा, नागरिकता, लगानीमैत्री वातावरणलगायतका विषयमा सुझाव दिएको भेटवार्तामा सहभागी संघकी सचिव जुनु गुरुङले जानकारी दिइन् ।
अध्यक्ष कुँवरले आफूहरु नेपालीमा लगानी गरेर रोजगारी सिर्जना गर्न तयार रहेको बताउँदै त्यसको लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।
भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले संघ विभाजित हुनु दुःखद् भएको भन्दै तीनवटै पक्षलाई मिल्न सुझाव दिँदै त्यसको लागि आफूले खेल्नुपर्ने भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरे । “तपाईँहरु मिल्नुस्, अब त लाज नै भइसक्यो । तपाईँहरुलाई मिल्नको लागि वातावरण बनाउन के गर्नुपर्छ म तयार छु” श्रेष्ठले भने ।
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया