पर्साबाट ६ लाख बढी हुन्डी रकमसहित १ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए। कलवारको झोलाबाट एक हजार दरका ३३५ थान र ५०० दरका ६८२ थान गरी ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।
उनको साथबाट ५०० दरका भारतीय नोट ५६ थान (भारतीय रुपैयाँ २८ हजार) रुपैयाँ समेत बरामद भएको उनले बताए। कलवारको साथबाट विभिन्न बैंकका चेक बुक १९ थान र मोबाइल फोनसमेत फेला परेको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि बैँक तथा वित्तीय सस्ंथासम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया