डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेङ्गु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताए । जनधनको समेत क्षति भयो ।”
वर्षायाम सुरु हुनु अगावै सजगता अपनाउनुपर्ने भएकाले डेङ्गु ज्वरो लाग्न नदिन पूर्वतयारी, रोकथाम तथा लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमा सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता रहेको सोतीको भनाइ छ ।
सोतीले भने, “यस रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिनेछ ।” अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिने सोतीले जानकारी दिए । त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।
















पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया