मंगलबार, वैशाख २२, २०८३

गृह मन्त्रालयले जारी गर्‍यो सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन

मेरोन्यूज २०८० चैत ८ गते १४:४३

काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ।

Advertisement
NiccNicc

बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम–कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।

निदेएशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय समेटिएको छ।

गृहमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भएरनभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह पनि गरेका छन्।

प्रतिक्रिया