हाफ म्याराथन यसै साता हुने

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा सात हजार दुई सय ८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला पाँच किमी, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किमी (पुरुष) र तीन किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचाँै हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् ।
पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन् ।
पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु पाँच हजार पुरस्कार पाउनेछन् ।
तीन किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।
ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचाँै हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । ‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने आयोजकले जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया