दिप्रुङ चुइचुम्माका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ ।
गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई गाउँपालिकाले थप उपचारका लागि प्रसूतिगृह पठाएको हो । शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो । एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाकी उपप्रमुख अरुणा थापामगरले जानकारी दिइन्। पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुःल्क उपचारको व्यवस्था गरेको छ ।
गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठजनामा उच्चरक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ । उनले भनिन्, “सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ ।”
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया