नदीमा माछा मार्न गएका किशोर बेपत्ता
मेरोन्यूज
२०८० चैत ९ गते २०:५०

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए । “तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्”, उनले भने, “घटना आज दिउँसो २ बजेतिर भएको हो ।”
तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा–९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।
सम्बन्धित













युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया