सोमबार, माघ १२, २०८२

रुसको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु भएकाे पुष्टि

मेरोन्यूज २०८० चैत १० गते ८:५४

काठमाडौं। रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया