खेल नीति परिमार्जन गर्न आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले पुरानो नीतिका कारण खेलकुद क्षेत्रको विकास सोचजस्तो हुन नसकेकाले नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । “नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुन्छ”, उनले भने ।
व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।
उनले अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरुप काम गर्नसके ओलम्पिक कमटीको जिम्मेवारी धेरै रहेको उल्लेख गरे। ओलम्पिक कमिटीले खेलमार्फत कुटनीतिक विकासका क्षेत्रमा काम गर्नुपर्ने उनको भनाई थियो । मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाको निराशालाई कम गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले अस्थिरताका कारण नेपालको खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन नसकेको बताए । उनले ओलम्पिक कमिटीले खेलकुदमार्फत नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्दै आएको उल्लेख गरे ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया