एपीएफ नेपाल र एसएसबी भारतले सीमामा एकसाथ मनाए होली

जनकपुर । सशस्त्र प्रहरी वल नेपाल र समकक्षी सशस्त्र सिमा वल भारतले एकसाथ होली मनाएका छन् ।
जनकपुर धामको परम्परा अनुसार १५ दिनको परिक्रमाको समापन पश्चात् सोमबार सशस्त्रले धनुषाको सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी, समकक्षी सशस्त्र सिमा वल भारत, स्थानीयवासी र जनप्रतिनिधिसंग होलिको शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले होलीको महत्व प्रकाश पार्दै संगठनका तल्लो दर्जाका कर्मचारि लामो समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएको बताए ।
सोहि अवसरमा उपस्थित भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गोविन्द भण्डारी लगाएतअन्य अधिकृत, जवान तथा सर्व साधरण लाई समेत शुभकामना दिएका थिए। नायव महानिरीक्षक शाहले यस्तो कार्यक्रमले भातृत्वको विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
एसएसबीका कमाण्न्डेन्ट भण्डारीले कार्यक्रमा निमन्त्रणा गरेकोमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षको सहकार्यको अपरिहार्यता ब्यक्त गरे। कार्यक्रमको महत्व वारेमा प्रकाश पार्दै स प्र वल नेपाल नं ८ धनुषाका गणपति दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितिले चुनैतिपुर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको हैसला वढाउनका साथै देश र जनताको हितमा काम गर्न स्थानीय र समकक्षीसंग सहकार्य गर्न प्रेणा मिलेको बताए।
स्थानीयले यस किसिमको कार्यक्रम पहिलो पटक भएको र यसले सिमा सुरक्षामा सरोकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सिमावर्ति क्षेत्रमा सामाजिक सद्भावकायम राख्न तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने बताएका थिए।



















नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया