विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी सजाय माग दाबी गरेको छ ।
त्यस्तै देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग अख्तियारले गरेको छ ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया