क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग बार्षिक सम्झौता गरेको छ । क्यानले बुधबार केन्दीय सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र दिएको हो ।
क्यानका सचिव पारस खड्काले राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहितका खेलाडीलाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।
क्यानले ‘ए’ श्रेणीका पुरुष खेलाडीको मासिक तलब ६० हजारबाट एक लाख रुपैयाँ पुर्याएको छ ।
क्यान बैठकले सन् २०२४ मा सम्झौतामा रहने ३० पुरुष र १९ महिला खेलाडीको वर्गीकरण सार्वजनिक गर्दै खेलाडीको सुविधा विस्तार गर्ने निर्णय गरेको थियो । नयाँ वर्गीकरण अनुसार रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल ए श्रेणीमा रहेका छन् ।
त्यसैगरी पुरुषतर्फको बी श्रेणीमा कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, अरिफ शेख र अविनाश बोहरा छन् । विनोद भण्डारीसँगै, अर्जुन साउँद, सन्दिप जोरा र प्रतिश जिसी सी श्रेणीमा रहेका छन् । यो वर्षदेखि क्यानले डी र इमर्जिङ श्रेणी थपेको छ । थप गरिएको डी श्रेणीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् ।
दीपेश कँडेल, रुपेश सिहं, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी इमर्जिङ श्रेणीमा रहेका छन् । सम्झौता अनुसार ए श्रेणीका खेलाडीले एक लाख, बी ले ७० हजार, सी ले ५५ हजार, डीले ३५ तथा इमर्जिङले २५ हजार मासिक तलब पाउने छन् ।
क्यानले यस अघि नारी दिवसको दिन महिला क्रिकेटरसँग सम्झौता गरेको थियो ।
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया