आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

महोत्तरी । नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन ।
महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन । नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा ऋण समुहका गृहणीहरुले तालिम लिएका छन ।
विहान-वेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर वनाउन सकिने ऋण समूह की संचालक सान्ता काफ्लेले बताईन ।
‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफि हुन्छ ।’ उन्ले भनिन । ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो आम्दानीको स्रोत वन्न सक्छ ।’
धुपको तालिम लिएपछी समुहका महिलाहरु उत्साहित देखिएका छन । ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिईन । उन्ले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-वेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने वताउदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति वनाउन नगरसँग आग्रह गरेकी छन ।
सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाईदा पुग्ने वताउदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी समूहले जोड दिएका छन ।
यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उधमी वनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना वनाएको छ । पहिलो चरणमा वडा नं. १ वाट सुरु गरेको वताउदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना वनाएको जनाएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया