बिहीबार, वैशाख १७, २०८३

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

मेरोन्यूज २०८० चैत १५ गते २०:२०

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित  बाबु छोरालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका २ यादव टोलबाट ४९ वर्षीय बिजय यादव र उनका छोरा १९ वर्षीय राजा यादवलाई एक थान कटुवा पेस्तोलसहित बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement
NiccNicc

घरायसी बादबिवादका कारण उनीहरूबीच झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा पेस्तोल फेला पारेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए। 

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी यस सम्बन्धमा थपे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया