उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो समिति
मेरोन्यूज
२०८० चैत १५ गते २०:५७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
समितिले दिएको सुझावअनुसार आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ । समितिले एक महिना प्रतिवेदन बुझाउनुपर्नेछ ।
त्रिभुवन विश्वविद्यालयले गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसङ्ख्या तथा स्वास्थ्य (कोड नम्बर ४२२) र शिक्षा शास्त्र संकायको शिक्षाको आधार (कोड न. ४१२) का उत्तर पुस्तिका हराएका थिए । ती विषयको परीक्षा चैत २१ गतेका लागि तय गरिएको छ ।

सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया