विराट गोल्डकप : आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने

सुन्दरहरैँचा (मोरङ) । मोरङको विराटनगरमा जारी आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप प्रतियोगितामा आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने भएको छ ।
बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पू फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी सुरूवात गरेको थियो । विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइटको माध्यमबाट सुरू भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ आँै मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दा गोलमा परिणत भयो ।
आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा सिद्धार्थ गुरूङले मैदानको मध्य भागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।
पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरिन बाध्य भयो ।
खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद रु ११ हजार पाए । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
ल्डकपको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही रु २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताए ।
विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरू गरिएको गोल्डकपको विसं २०६८ मा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो । यो वर्ष विराट गोल्डकपको नतिजा कसको हातमा पर्ने हो । यो प्रतिक्षाको विषय बनेको छ ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया