बिहीबार, वैशाख १७, २०८३

रुखले च्यापिएर बालकको मृत्यु

मेरोन्यूज २०८० चैत १७ गते १८:५८

डोटी । दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ।

Advertisement
NiccNicc

डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका थिए।

डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया