अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक
मेरोन्यूज
२०८० चैत १८ गते ७:२२

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।
यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अंकले पछाडी रहेको छ । त्यसैगरी अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
सम्बन्धित
















लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया