अटो दुर्घटना हुँदा बागलुङमा ५ जना घाइते
मेरोन्यूज
२०८० चैत १९ गते १७:४२

बागलुङ। बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए।
दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको इन्सपेक्टर केसीले बताए।
उनले घाइतेहरूको प्रहरीले उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा पठाएको जानकारी दिए। अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया