५ वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान

चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताए ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताए ।
“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रुपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भने, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु छन्, ती मुद्दाहरुलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनिकरण गर्न थालिएको छ ।” ती मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उनको भनाइ थियो ।
उनी सर्वोच्चमा आउनुअघिका मुद्दाहरु विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उनले बताए । मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उनको भनाइ छ । सर्वोच्च अदालतको सुधारको प्रक्रियामा लागेको उनले जिकिर गरे । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उनले स्पष्ट पारे ।
अदालतले गरेको काम कारबाही तुलनात्मक रुपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उनले जानकारी दिए । अदालतहरुमा कर्मचारी र न्यायाधीशहरुको व्यवस्थापन मुद्दाको चापअनुसार भइरहेको उनको भनाइ थियो ।
जीर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गरे ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया