गुजरातविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।
गुजरातको भापीमा हुने यस खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।
त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।
नेपालको प्लेइङ-११:
रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी र अविनास बोहोरा ।
















सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया