अछाममा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते
मेरोन्यूज
२०८० चैत २१ गते २१:३८

अछाम । अछाममा ट्याक्टर दुर्घटना भएको छ। अछामको रामारोसन गाउँपालीका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्।
अछामको जैगढबाट बालुवा बोकेर रामारोसन गाउँपालीका तर्फ जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालीका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको घोडाघोडी नगरपालीका–९ का कालीचरण चौधरी घाईते भएका छन्। बालुवा बोकेको ट्याक्टर उकालोमा ब्याक भएर पल्टिएको हो। दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया