राजेशपायल राईले सङबुङसँग गरे सम्बन्ध विच्छेद
मेरोन्यूज
२०८० चैत २२ गते १७:५८

काठमाडौं । गायक राजेशपायल राईले पत्नी साङबुङसँग सम्बन्ध विच्छेद गरेका छन् ।
उनीहरुको चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको स्रोतले जनाएको छ ।
सम्बन्धविच्छेदका क्रममा अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन आदेश दिएको छ ।
राजेशपायलले नै साङ्बुङसँग सम्बन्धविच्छेदको मुद्दा हालेका थिए। उक्त मुद्दालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश पाण्डेको इजलासमा मिलापत्रसहित टुंग्याइएको हो।
केही वर्षदेखि राजेश र साङ्बुङ लिभइन टुगेदरमा बस्दै आएकी थिए। राजेशले साङ्बुङसँगको सम्बन्धबारे खुलाएका थिएनन्।
२०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो । यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् ।
सम्बन्धित
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया