कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार

काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले ईलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ईलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको नाम टुङ्गो लगाएको जानकारी दिए। कांग्रेसले आगामी वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(८) बमोजिम खड्का र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को लागि विधानको धारा ३२ (७) बमोजिम सिंहलाई उम्मेदवार बनाएको हो ।
कांग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेद्वारद्वय खड्का र सिंहलाई ‘रूख’ चिह्नमा अत्यधिक मत दिएर विजयी गराउन मतदातालाई आह्वान गरेको छ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टीले आफ्नो उम्मेदवार यसअघि नै तोकिसकेका छन् ।















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया