पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी धेरै मुद्दा टुङ्ग्यायो

वीरगञ्ज (पर्सा) । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताए। “यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैंले लिने गथ्र्यो”, उनले भने, “कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।”
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित पाँच सय सात वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी एक हजार छ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ । “प्रहरीले पनि अनुचित लेनदेनको मुद्दालाई प्राथमिकतासहित मेलमिलाप गराउँदै आएको छ”, उनले भने, “यस्तोे वित्तीय एवं सामाजिक अपराधका विरुद्धमा सक्रिय भई लागिरहेका छौँ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । “साहुकरले रु एक लाख ऋण दिएर तीन लाखसम्मको कपाली तमसुक बनाउने गरेको पनि पाइएको छ”, उनले भने, “साहुकरले ऋण दिएको रकमभन्दा दुईदेखि तीन गुणाभन्दा बढी रकम वा जग्गा दृष्टिबन्धक राखेर सामाजिक अपराध गरिरहेका छन् । अहिले हामीले दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिरहेका छौँ ।”
प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतले पनि उजुरी गरेका बताए। “कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।” पर्सा जिल्लामा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी एक हजार सात सय ३० छन् ।
जिल्ला प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका एक हजार छ सय ५३ र प्रहरीमा दर्ता भएका दुई सय २७ गरी कूल उजुरी सङ्ख्या एक हजार ८८० पुगेको छ । यीमध्ये प्रहरीले एक सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको छ ।
हाल पर्सा प्रहरीमा कूल उजुरी सङ्ख्या एक हजार सात सय ३० रहेको छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु चार करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ ।
















40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया