हुम्लाको आँखा शिविरमा ९२७ जनाको उपचार

सिमकोट (हुम्ला) । जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा नौ सय २७ जनाको आँखाको चेकजाँच भएको हो ।
यही चैत ६ गतेदेखि सञ्चालन भएको शिविरमा तीन सय ८५ पुरुष र पाँच सय ४२ महिलाको आँखा परीक्षण गरिएको केन्द्रका नेत्र अधिकृत बुम बोहराले जानकारी दिए । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाविन्दु शल्याक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उनले बताए। उनका अनुसार ८७ जनाको मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका छन् ।
मोतियाविन्दु को गर्नुपर्नेमा ४९ महिला र ३८ पुरुष रहेका बोहराले जानकारी दिए । उनका अनुसार मोतियाविन्दुको समस्या देखापरेका आँखाका बिरामीको यही चैत २७ देखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरिने छ ।
आँखा शिविर सिमकोट गाउँपालिकाको डाडाफयाँ स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउँ, ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाइमा सञ्चालन भएको थियो । साथै खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताए ।
उमेर बढ्दै जाँदा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी मोतियाविन्दुको असर देखिने गरेको उनले बताए । बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नुलगायत कारणले मोतियाविन्दुको समस्या देखिने गरेको बोहराको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा सिमकोट र जिल्ला आँखा उपचार केन्द्रको आयोजना तथा रेड्ली आँखा फाउन्डेसन र नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।
















Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया