पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

वीरगञ्ज (पर्सा) । पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।
दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ७० प्रतिशत व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताए।
उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा छ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन् । महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन्भने उद्योगतर्फ कृषि, माछा तथा पशुपालन छन् ।
नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ ।
आठ महिनमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ । सो अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, छ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ ।
नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा रु ५४ लाख १९ हजार ७५ दाखिला भएको छ ।
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया