बुण्डेसलिगामा लिभरकुसन उपाधि जित नजिक, बायर्नको अर्को हार

काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसनले अपराजित यात्रा कायम राखेको छ भने बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा लिभरकुसनले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरकुसनको जितमा फ्लोरियन विर्त्जले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ४५औं मिनेटमा युनियन बर्लिनका रोबिन गोसेन्सले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
त्यसैगरी अर्को खेलमा बायर्न म्युनिख हेइडेनहेइमसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।
यस खेलमा जितपछि लिभरकुसन यस सिजनको लिगको उपाधि जितको नजिक रहेको छ । यस सिजनमा अपराजित रहेको लिभरकुसनको लिगमा २८ खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा १६ अंकले अगाडी रहेको छ । बायर्न म्युनिखको २८ खेलमा ६० अंक रहेको छ ।
३४ खेल हुने बुण्डेसलिगामा अब ६ खेल हुन बाँकी रहेको छ । अब लिभरकुसनले एक खेल जितेमा यस सिजनको उपाधि जित्ने छ । त्यस्तै लिभरकुसनले अर्को खेल अप्रिल १४ मा वेर्डेरविरुद्ध खेल्ने तालिका रहेको छ ।
















होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया