राप्रपाको चेतावनी : सरकारले अवरोध गर्न खोजे प्रतिवाद गर्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ ।
आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिदै ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेका हुन् ।
भृकुटीमण्डपबाट ११ बजेदेखि सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने उनले जानकारी दिए । अध्यक्ष लिङ्देनले आफूहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका रहेका छन् ।
अध्यक्ष लिङदेनले आफुहरुको यस जनप्रदर्शनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालसहित अन्य दलले पनि समर्थ गरेको बताए । उनले आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी नगर्न चेतावनी दिँदै त्यसो गरेमा राप्रपाले प्रतिवाद गर्ने बताए । उनले प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउदै सरकारले जुलुसलाई रोक्ने र उत्तेजित बनाउने काम नगरोस भन्ने चेतावनी दिए ।
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया