नेपालले टी-२० विश्वकप २०२४ मा लगाउने जर्सी सार्वजनिक
मेरोन्यूज
२०८० चैत २६ गते १९:३५

काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ। छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।
आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया