नगर अस्पतालमा अब २४सै घण्टा डाक्टर

दमौली (तनहुँ) । भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ ।
सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले २४सै घण्टा चिकित्सक सेवा पाउने निश्चित भएको हो ।
केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगर अस्पतालबाट बहिरङ्ग सेवा, २४सै घण्टा आकष्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ ।
पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उनले व्यक्त गरे ।
पाठेघर परीक्षण शिविर
भानु नगरपालिकामा चैत २८ देखि ३० गतेसम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर आयोजना हुने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाडौँको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
चैत २८ गते वडा नं १० को कालिमाटीमा रहेको नगरस्तरीय अस्पतालमा, चैत २९ गते वडा नं ३ को खहरेमा रहेको भानु स्वस्थ्य चौकीमा र चैत ३० गते पुरनडिही नगर अस्पतालमा शिविर सञ्चालन हुने भानु नगरपालिकाले जनाएको छ ।















रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आयोग ढुक्क छ : प्रमुख आयुक्त भण्डारी
आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया