शनिबार, माघ १०, २०८२

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० चैत २७ गते १२:२७

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन् । 

आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।

प्रतिक्रिया