नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा शुरु

काठमाडौँ । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ ।
पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका हुन् ।
करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ ।
नेपाली सेनाले पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया