बाँकेमा सडक दुर्घटनामा एकै वडाका ६जनाको मृत्यु

राँझा (बाँके)। भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।
भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।
दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासीे तीलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ ।
थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते भएका छन्। “नयाँ वर्षको मुखैमा भएको अकल्पनीय दुर्घटनाले हाम्रो वडा शोकमा छ”, वडाध्यक्ष थारूले भने, “भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेका छौँ ।
















कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया