शनिबार, माघ १०, २०८२

को हुन् राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित विमला घिमिरे ?

मेरोन्यूज २०८० चैत २८ गते १५:५४

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार भएको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

उनको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत खसेको थियो । आजको बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।

घिमिरे २०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी थिइन् ।

उनले तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।

घिमिरे ०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भइ बनेको नेकपाको केन्द्रीय सदस्य थिइन् । यस्तै २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । उक्त निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् ।

यस्तो छ उनकाे राजनीतिक यात्रा :

प्रतिक्रिया