शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ

दमौली (तनहुँ) । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिन सङ्क्रमणकालीन न्यायको विधेयक आवश्यक रहेको बताए ।
सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले २३औँ स्मृति दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–६ मा आज आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभापति गुरुङले उक्त विधेयक बनाउने क्रममा रहेको बताए ।
उनले भने, “शान्ति सम्झौताको नेतृत्व कांग्रेसले गरेको हो । उक्त विधेयक बनाएर पीडितलाई न्याय दिने सवालमा कांग्रेसको भूमिका हुनुपर्छ ।”
अझै विधेयक ल्याउन नसकिएको बताउँदै उपसभापति गुरुङले विधेयक बनाउने क्रममा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उल्लेख गरे। विधेयक बनाएपछि मात्रै पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने उनको भनाइ थियो ।
सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताउँदै उनले भने, “मैले पार्टीको आन्तरिक बैठकमा धेरैपटक यो विषय उठाए, गत चैत २३ गते म आफैँ प्रस्तावक भएर संसद्मा यो विषय सार्वजनिक महत्वको प्रस्तावका लागि दर्ता गराएको छु ।”
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया