वनस्पतिको दिगो उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छ : वनमन्त्री सुडी

काठमाडौँ। वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
वनस्पति विभागको ६४औँ वार्षिकोत्सव तथा २५औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री साहले वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधारमा जोड दिएका हुन् ।
‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नाराका साथ सम्पन्न विभागको वार्षिकोत्सवमा मन्त्री साहले वनस्पति राज्यको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको भन्दै अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी वृद्धि गर्न आवश्यक रहेको बताए । “सीमित स्रोतसाधनका बीचमा पनि वनस्पतिको अनुसन्धानका गतिविधि अगाडि बढाइएको छ”, उनले भने, “अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकता दिइ वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्र सुधारमा योगदान बढाउनुपर्छ ।”
मन्त्रालयका सचिव डा दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । वनभित्रको जडीबुटीलाई औषधिका रुपमा प्रयोग बढाएर जडीबुटीका माध्यमबाट अर्थतन्त्र सुधारमा लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।
















विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया