महोत्तरीमा २० केजी गाँजा सहित २ जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन ।
वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास-१० बस्ने ४० बर्षीय पदम स्यांतान रहेका छन् ।
इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानियको रोहवरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।
फरार अर्को व्यक्तिको खोजी भईरहेको छ भने पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थपि ईलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया